रामपुर । पूर्वी पाल्पाको पर्यटकीय नगर रामपुरमा जारी इन्टर स्कुल फुटबल फेस्टिभल युथ फुटबल प्रतियोगिताको फाइनलमा रामपुर इङलिस बोर्डिङ स्कुल र दरैठाटी सेकेण्डरी स्कुल भिड्ने भएका छन् ।
रामपुर–७, किसानबारी स्थित प्रस्तावित ज्योतिपुञ्ज रंगशालामा भएको पहिलो सेमिफाइनलमा रामपुरले आनन्द निकेतन विद्याश्रमलाई २–० ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा दरैठाटीले आधारभुत सेकेण्डरी स्कुलमाथि ३–२ को रोमाञ्चक जित हात पार्दै फाइनलमा रामपुरसँगको उपाधि भिडन्त पक्का गर्न सफल भयो ।
अब यही कार्तिक २९ गते शनिबारका दिन हुने फाइनलमा रामपुर इङलिस बोर्डिङ स्कुल र दरैठाटी सेकेण्डरी स्कुल उपाधिका लागि भिड्ने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।
रामपुर फुटबल एकेडेमी, रामपुर, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुले जनही ८–८ हजार प्राप्त गर्नेछन् ।