News एन्फा प्रेसिडेन्ट लिगः नव जन जागृती र काक्रेबिहार सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत शुक्रबार भएको खेलमा नव जनजागृति युवा क्लब बाराले हैरान्स क्लब तनहुलाई ७–२ ले हरायो । सो जितसँगै नव जनजागृति समूह एमा पहिलो स्थान पाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सो समूहमा काँक्रेविहार १० अङ्क सहित दोस्रो भयो । काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो । अब कार्तिक ३० गते हुने दुई सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी तथा काक्रेबिहारले लालीगुराँस एसोसिएसन क्लबसँग खेल्ने छन् ।

शुक्रवार भएको खेलमा नव जनजागृतिलाई फराकिलो जित दिलाउने क्रममा सुजन डङ्गोलले ३ गोल गरे । प्रताप सिंह राई,अविनाश स्याङतान र कृपाकान्त महतो थारुले थप गोल गरे । सुजन सो खेलको प्लेयर अफ द म्याच घोषित भए । हैरान्सका विजय दोङ र सामुयल सुनारले गोल गरे ।

अर्को खेलमा काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो । काँक्रेविहारका लागि अनीश घर्ती क्षेत्रीले ३ गोल गरे । आशिष चापागाईँ र गणेश पुलामी मगरले थप गोल गरे । गाईघाटका पविन राईले दुई गोल गरे भने विवश श्रेष्ठले एक गोल गरे ।

२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा शीर्ष ४ स्थान पाउने टोली राष्ट्रिय लिगमा प्रवेश पाएका छन् । प्रेसिडेन्ट लिगको विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

Post Comments