News इन्टर स्कुल फुटबल लिगः पाँचौं सातामा ६ खेलहरु सम्पन्न
गोलनेपाल

दलभञ्ज्याङ । दि ओसन क्लब र हिल्ली फिल्डर्स गोरखा एफसी, गोरखाको आयोजनामा जारी इन्टर स्कुल फुटबल लिग यु–१३ फुटबल प्रतियोगितामा पाँचौं सातातर्फ कुल ६ खेलहरु सम्पन्न भएका छन् ।

आयोजक दि ओसन क्लबको आफ्नै कृत्रिम घाँसे मैदानमा भएको छात्रतर्फको खेलहरुमा शक्ति माविले रत्न लक्ष्मी माविलाई ६–० को फराकिलो अन्तरले हरायो । त्यस्तै लक्ष्मी सामुदायिक शिक्षा सदन र महालक्ष्मी माविले ४–४ गोलको बराबरी खेले । छात्रतर्फ कै अर्को खेलमा ओल्ड क्यापिटल मावि र सरस्वती माविले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे ।

त्यसैगरी उता छात्रातर्फ रत्नलक्ष्मी मावि र द ओल्ड क्यापिटल माविले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । अर्को खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनले सरस्वती माविलाई १–० ले पराजित गर्यो । तेस्रो खेलमा हिल्ली फिल्डर्स गोरखा एफसीले महालक्ष्मी माविसँग २–२ को बराबरी खेल्यो ।

गोरखा नगरपालिकाको विशेष सहयोगमा “मेयर युवा फुटबल विकास परियोजना“ अन्तर्गत जारी भएको प्रतियोगितामा छात्रतर्फ यु–१३ उमेर समूह र छात्राहरुको ९ कक्षा १० सम्मको खेलाडीहरु सहभागी छन् ।

त्यस्तैप्रत्येक साताको शनिवार खेलहरु सन्चालन गर्ने गरि प्रतियोगिताको खेल तालिका निर्धारण गरिएको छ । प्रतियोगितामा छात्र यु–१३ तर्फ ८ विधालय र छात्रातर्फ ५ विधालयको सहभागिता रहेको छ ।

यु–१३ विजेता टिमले ११औ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछ । दुुवै समुहका विजेता उपविजेता टिमलाई ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी विधालयलाई प्रत्येक खेलमा म्याच मनिको व्यवस्था गरिएको आयोजक द ओसन क्लबका सचिव सबन केसीले बताए ।

Post Comments