रामपुर । रामपुर फुटबल एकेडेमी, रामपुर, पाल्पाको आयोजनामा सम्पन्न इन्टर स्कुल फुटबल फेस्टिभल युथ फुटबल प्रतियोगिताको उपाधि रामपुर इङलिस बोर्डिङ स्कुलले जितेको छ ।
फाइनलमा रामपुरले दरैठाटी सेकेण्डरी स्कुललाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । रामपुर–७, किसानबारी स्थित खेलमैदानमा भएको खेलमा रामपुरका लागि चिराजन मल्लले एक मात्र निर्णायक गोल गरे ।
विजेता बनेको रामपुर इङलिस बोर्डिङ स्कुलले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता दरैठाटी सेकेण्डरी स्कुलले ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक संगम बिक बन्दा उत्कृष्ट डिफेन्डर बिशन चौबे बने । सर्वाधिक गोलकर्ताको पुरस्कार रोनित बिकले हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी सन्देश राना घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिकाका प्रवक्ता तथा वार्ड नम्बर १ का अध्यक्ष कपिल बहादुर खाँड, आयोजक रामपुर फुटबल एकेडेमीका सञ्चालक तथा खेल संयोजक अनिल शाही ठकुरी, वरिष्ठ समाजसेवी काजुमासा काकिमी (ओके बाजे), लगायतले पुरस्कृत गरेका थिए ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन