News चासोक तङ्नामको अवसरमा तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता हुने
गोलनेपाल

ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं २ लेकुवा ढुङ्गेसाँघु स्थित ठोट्ने सिंगराज मनरानी आधारभूत विद्यालयको 7A साईडको प्राङ्गणमा चासोक तङ्नामको अवसर पारी लालीमा युवा क्लबको आयोजनामा मङ्सिर २१ गतेदेखि २५ गतेसम्म तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता साथै अन्य सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुने भएका छन।

आमन्त्रित फुटबलतर्फ बिजेताले नगद रु १ लाख ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले ९० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरू रहेका छन्।

उक्त प्रतियोगितामा आमन्त्रित आठ टिमहरुको सहभागिता हुनेछ भने टिमहरुको टुङ्गो अब केही दिनमा लाग्नेकुरा क्लबका अध्यक्ष गणेश राईले जानकारी दिनुभयो।

Post Comments