काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छनौट प्रतियोगितातर्फ एउटै समूहमा रहेका दुई दक्षिण एसियाली राष्ट्र बंगलादेश र भारत भिड्दा मंगलबार बंगलादेशले जित हात पारेको छ ।
छनौट प्रतियोगिताको समुह सी तर्फको खेलमा १८३औं वरियताको बंगलादेशले १३६औं वरियताको भारतमाथि १–० को जित निकालेको हो । बंगलादेशको राजधानी ढाका स्थित नेशनल स्टेडियममा भएको खेलको ११औं मिनटमै शेख मोर्सालिनले गरेको एक मात्र गोल बंगलादेशलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
समूह सी कै अर्को खेलमा सिंगापुरले हङकङमाथि २–१ को जित निकाल्यो । समूह सी मा सिंगापुर ५ खेलबाट ११ अंकसहित शिर्ष स्थानमा छ र एसियन कपका लागि छ्नौट भएको छ । ८ अंक जोडेको हङकङ दोस्रो स्थानमा रहँदा ५ अंक जोडेको बंगलादेश तेस्रो र २ अंक जोडेको भारत पुछारमा रहेको छ ।
समूह सी बाट भारत र बंगलादेश भने यसअघि नै बाहिरिसकेका छन् । समूह चरणको अन्तिम खेलमा अब अर्को वर्षको ३१ मार्चका दिन भारतले हङकङको सामना गर्नेछ भने सोही दिन बंगलादेशसले सिंगापुरसँग खेल्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल