News पथरी शनिश्चरे प्रिमियर लिगको आय–व्यय सार्वजनिक
गोपाल काफ्ले

पथरी । मोफसल मै पहिलोपटक स्थानीय स्तरमा आयोजना गरिएको प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को आय–व्यय आयोजकद्वारा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ ।

लिग सञ्चालनमा १४ लाख ८८ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको छ भने आयतर्फ १७ लाख ४ हजार ५ सय २५ रुपैयाँ संकलन भएको पथरी शनिश्चरे फुटबल प्रिमियर लिग आयोजक कमिटीले जानकारी दियो । त्यस्तै प्रतियोगिता संचालनबाट २ लाख १५ हजार ८ सय ५० रुपैयाँ बचत भएको आयोजक कमिटीका कोषाध्यक्ष श्रीहाङ राईले जानकारी दिए ।

सो अवसरमा संयोजक संजिव गिरीले लिग सम्पन्न गर्न देश विदेशबाट सहयोग गर्नेहरु सबैलाई फेरि पनि धन्यवाद दिए । गिरीले आगामी दिनहरुमा प्रतियोगीतालाई अझ परिस्कृत गर्दै भव्यताका साथ आयोजना गर्ने समेत बताए ।

लिग सञ्चालन गर्न वैदेशिक रोजगारीमा गएका सहयोगीदाताबाट ३ लाख ९३ हजार ५ सय, स्थानीय संघसंस्था तथा व्यक्तिहरुबाट २ लाख ६८ हजार ५ सय २५ रुपैयाँ, पथरी शनिश्चरे नगरपालिकाबाट रु ४ लाख, ९२ हजार ५ सय रुपैयाँ र मुख्य प्रायोजक तथा सह–प्रायोजकहरुबाट रु ५ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जानकारी दियो ।

स्मरण रहोस, गत पुषमा सम्पन्न लिगको उपाधि टेन नवोदय फुटबल क्लबले जितेको थियो । फाइनलमा टेन नवोदयले द रियल ब्रदर्शलाई १–० ले हराउँदै लिग च्याम्पियन बन्न सफल भएको थियो ।

Post Comments