News ग्लोरी निर्णायक बन्दा सेन्ट्रल कलेज बिएफसी फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यस सिजन राम्रो लयमा देखिएको सेन्ट्रल कलेज भरतपुर फटबल क्लब भिडोल विजय युथ हेटौंडा गोेल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चितवन डर्बीका रुपमा समेत हेरिएको मंगलबारको पहिलो सेमिफाइनल भिडन्तमा भरतपुरले शहरी प्रतिद्वन्द्वी हर्दी युवा समाजलाई १–० को झिनो अन्तरले हरायो ।

हेटौडा स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलतर्फ पहिलो हाफको दशौं मिनटमा जोन ग्लोरीले गरेको गोल नै भरतपुरलाई फाइनलमा पुर्याउन प्रर्याप्त बन्यो । जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताको होडमा शिर्ष स्थानमासमेत रहेका ग्लोरीले पाँच गोल गरिसकेका छन् ।

खेलको म्यान अफ द म्याच भने भरतपुरकै जितेश गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत माघ २१ गते बुधबारको दोस्रो सेमिफाइनल खेल आयोजक बिजय युथ क्लब, हेटौडा र बागमती युवा क्लब सर्लाहीबीच हुने आयोजकले जनाएको छ ।

बिजय युथ क्लब हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियागिताको फाइनल खेल यहि माघ २३ गतेका दिन हुनेछ ।

बिएफसीले बर्षको लगातार तेस्रो फाइनल खेल्ने तय

स्मरण रहोस, भरतपुरको यो बर्षको लगातार तेस्रो फाइनल समेत हो । यसअघि भरतपुरले रुपन्देहीमा सम्पन्न आठौ फर्साटिकर कपको फाइनल तथा चितवनको बसन्तपुरमा सम्पन्न दोस्रो माडी गोल्डकपको फाइनल खेलेको थियो । यद्यपि दुवै फाइनलभा भारतपुर दुर्भाग्यपुर्ण रुपमा उपविजेता मै सिमित बन्न पुगेको थियो ।

Post Comments