News रुपन्देहीमा प्रथम भैरव कप मंसिर २० गतेदेखि
सुरज राना मगर

भैरहवा । भैरव युथ क्लब, सिद्धार्थनगर–१, पक्लिहवा, रुपन्देहीको आयोजनामा यही मंसिर २० गतेदेखि प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवा माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको खेल संयोजक तेजेन्द्र गुरुङ (शक्ति) ले जानकारी दिए । उनले सिमित संख्यामा टोलीहरुलाई मात्र सहभागि गराईने पनि स्पष्ट पारे ।

साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही मंसिर १५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको खेल संयोजक गुरुङले बताए । टिमदर्ता शुल्क भने ७००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक सुक बहादुर थापाले बताए । त्यसबाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

Post Comments
Advertisement Yamaha Nepal