ताप्लेजुङको मिक्वाखोला–४ थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता यही मंसिर १८ गतेदेखि सुरु हुने भएको छ । यक्थुङ लिम्बू समुदायको महान चाड **चासोक तङ्नाम (न्वागी पुजा)**को अवसर पारेर थलङ स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो।
शनिबार फुङलिङ बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल संचालनबारे जानकारी दिँदै क्लबका अध्यक्ष मणी कुमार थलङले खेलकुदको विकाससँगै मिक्वाखोला–४ साँवालाई पर्यटन प्रबर्द्धन र सांस्कृतिक संरक्षणमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
प्रतियोगिताको विजेताले नगद १ लाख ५२ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ।
त्यस्तै वेस्ट किपर, वेस्ट डिफेन्डर, वेस्ट प्लेयर र हाई स्कोररलाई जनही ५ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ दी म्याचले २ हजार रुपैयाँको प्रोत्साहन दिइनेछ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । मंसिर १८ देखि २२ गतेसम्म सञ्चालन हुने खेलको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकममार्फत हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई