फङफङदेन झरना अलैची कपको उपाधि लागि पाँचथर र ताप्लेजुङ आमनेसामने हुने भएका छन्।
ताप्लेजुङको मिक्वाखोला–४, सावा तेम्बामा जारी पर्यटन तथा सांस्कृतिक मेला–२०८२ अन्तर्गतको आमन्त्रित पुरुष फुटबलमा गणेशचोक टिम पाँचथर र हिमाली तोक्मेगोला ताप्लेजुङले फाइनल स्थान सुरक्षित गरेका हुन्।
पहिलो सेमिफाइनलमा गणेशचोक टिम पाँचथरले ग्रीन भ्याली मेरिङदेन नाल्बुलाई ३–१ ले हरायो। न्यूसन लिम्बु म्यान अफ दि म्याच घोषित भए।
दोस्रो सेमिफाइनलमा हिमाली तोक्मेगोला पापुङले रेड डेभिल्स इलामलाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनायो। सौर्य राहुत म्यान अफ दि म्याच बने।
दुवै म्यान अफ दि म्याचले एक–एक केजी अलैची पुरस्कार पाए।
स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको मेला मंसिर ११ गतेसम्म सञ्चालन हुनेछ। विजेताले ३ लाख २०८२ बराबरको अलैची र उपविजेताले १ लाख ५२ हजार ८२ बराबरको अलैची पाउनेछन्।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई