News रतुवाभाई चौथो मेयर कपको तयारी पूरा (खेलतालिसहित)
गोलनेपाल

रतुवामाई । नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका, मोरङको आयोजनामा यही मंसिर १२ गतेदेखि शुरु हुन गईरहेको रतुवामाई चौथो मेयर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

सिजुवा माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा मंसिर १२ गतेका दिन रतुवामाई–८ र रतुवामाई–९ भिड्ने छन् । रतुवामाई नगरभित्रका कुल १० वार्ड फुटबल टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर १७ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले १ किलो चाँदी र १ तोला सुनले बनेको आकर्षक ट्रफीसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी जियो ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments