News सिद्धार्थ कप कै अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न
सुरज राना मगर

चपरहट्टी । रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल अघि आयोजक सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टीले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी, रुपन्देही शाखा तथा रक्त सञ्चार सेवा केन्द्र, बुटवल, रुपन्देहीसँगको समन्वयमा तिलोत्तमा–१, चपरहट्टी स्थित प्रस्तावित सिद्धार्थ रंगशाला कै मैदानमा भएको रक्तदान कार्यक्रममा कुल ३१ युनिट रंगत संकलन भएको क्लबका अध्यक्ष पोष्ट बहादुर थापाले बताए ।

क्लबले खेलकुदसँगै सामाजिक जिम्मेवारीलाई वहन गर्ने र त्यसलाई समाजमा कार्यान्वयन गर्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिउको अध्यक्ष थापाले बताए ।

रक्तदान कार्यक्रममा क्लबका पदाधिकारी, गाउँसमाजका बुद्धिजिवीहरु, खेलाडी र स्थानीयहरुको पनि उपस्थिति रहेको थियो । स्मरण रहोस, क्लब कै आयोजनामा जारी तेस्रो सिद्धार्थ कपको फाइनल यही मंसिर १९ गते शुक्रबार हुँदैछ । उपाधिका लागि आयोजक सिद्धार्थ क्लब, चपरहट्टी र जनज्योति क्लब, डिंगरनगर उपाधिका लागि भिड्ने खेल संयोजक युवराज थापाले जानकारी दिए ।

 

Post Comments