गछिया । एनी प्रथम गछिया गोल्ड कप–२०८२ को चौथो क्वाटरफाइनलमा राष्ट्रिय जागृती क्लब इटहरी, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ।
मोरङको गछियामा बुधबार भएको खेलमा जागृ तीले दमक फुटबल एकेडमी, झापालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। जागृतीका लागि १२औँ मिनेटमा प्रवेश बस्नेत र ७९औँ मिनेटमा योगेन्द्र कार्कीले गोल गरे।
उत्कृष्ट प्रदर्शनका आधारमा जागृतीका योगेन्द्र कार्की प्लेयर अफ द म्याच घोषित भए। उनले रु ५,१०० नगद तथा ट्रफी प्राप्त गरे। उनलाई सुन्दरहरैंचा नगरपालिका–४ का अध्यक्ष कैलाश बस्नेतले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताअन्तर्गत मंसिर १९ गते हुने पहिलो सेमिफाइनलमा सलहेश युवा क्लब, सिराहा र गाईघाट युनाइटेड, उदयपुर भिड्ने छन् ।
गछिया युवा समाज, सुन्दरहरैचा–३, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।
