News ताप्लेजुङः आयोजक र फङफङदेन झरना सेमिफाइनलमा प्रवेश
गोलनेपाल

ताप्लेजुङको मिक्वाखोला–४ थलङमा जारी आमन्त्रित क्लब स्तरीय पुरूष फुटबल प्रतियोगितामा आयोजक थलङ स्पोर्टिङ क्लब र फङफङदेन झरना स्पोर्टिङ क्लब सॉवा तेम्बा सेमिफाइनलमा प्रवेश गरेका छन ।

शुक्रबार थलङ खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक थलङ स्पोर्टिङ क्लबले ग्रीन भ्याल्ली युनाइटेड नाल्बुलाई ६-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । खेलको प्लेयर अफ दि म्याच आयोजकका सबिन तामाङ घोषित भए । त्यस्तै दोस्रो क्वाटरफाइनलमा बिसिएस सावदिनलाई ४-० गोलले पराजित गर्दै फङफङदेन झरना स्पोर्टिङ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको प्लेयर अफ दि म्याच फङफङदेनका मन्जित लिम्बु घोषित भए । दुबै खेलका प्लेयर अफ दि म्याचले दुइ दुइ हजार प्राप्त गरे ।

प्रतियोगिताको तेस्रो दिन शनिबार क्वाटरफाइनलका बाकी दुइ खेल हुनेछन । तेस्रो क्वाटरफाइनलमा म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम र मानाभरा युवा क्लब सॉवा भिडनेछन भने अन्तिम क्वाटरफाइनलमा रेड डेभिल्स फुटबल क्लब इलाम र प्रगतिशिल युवा समाज लिङतेप बिचको प्रतिस्पर्धा हुनेछ ।

मंसिर २२ गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख रुपैयाँका साथ मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ। यसैगरी ‘वेष्ट किपर’, ‘वेष्ट डिफेन्डर’, ‘वेष्ट प्लेयर’ र ‘हाइ स्कोरर’ पुरस्कार विजेता खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

Post Comments
Advertisement Yamaha Nepal