News राष्ट्रिय जागृति क्लब प्रथम गछिया गोल्डकपको फाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा गछिया युवा समाजलाइ १:० गोलले हराउदै राष्ट्रिय  जागृति क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ ।

इटहरीको लागि पहिलो हाफमा बिदेशि खेलाडी एलेक्सले गरेको गोल निर्णयक गोल बन्नु पुग्यो । निर्णायक गोलकर्ता एलेक्स नै प्लेयर अफ दि म्याच बने ।

अब मंसिर २२ गते हुने फाइनलमा उपाधिको लागि रास्टिय जागृतिले गाइघाट युनाइटेड उदयपुरसग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

 
Post Comments