News भैरव फाइनलमा, उपाधिका लागि समपुर्णसँग भिड्ने
सुरज राना मगर

नयाँगाउँ । भैरव स्पोर्टस क्लब, नवलपरासी रुपन्देहीमा जारी प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा भैरवले बुद्ध युवा क्लब, मणिग्रामलाई २–० को अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । सिद्धार्थनगर–१, नयाँगाउँ स्थित पक्लिहवा माविको खेलमैदानमा भएको खेलमा भैरवका लागि अनुज गैरे र मनिष थारुले गोल गरे ।

खेलमा भैरवका गोलकर्ता मनिष थारु म्यान अफ दि म्याच समेत घोषित भए । भैरवले अब मंसिर २७ गते शनिबार हुने फाइनलमा समपुर्ण युवा क्लब, सुपौलीसँग उपाधिका लागि भिड्नेछ ।

भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँ, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

Post Comments