News सहारालाई काँग्रेसको खेलकुद विभागको सहयोग
सुदर्शन रञ्जित

पोखरा । नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामाग्रीहरु एक कार्यक्रमका बीच सहयोग गरेको छ ।

पार्टीका विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको एक टोलीले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २५ थान वल र एन नाइन्टीफाइभ मास्क १ हजार ५ सय थान सहयोग सामाग्री हस्तान्तरण गरेको हो । सो अवसरमा प्रमुख बस्नेत सहितको टोलीले एकेडेमीको निरिक्षण समेत गरेको थियो ।

कार्यक्रममा बोल्दै संघका विभाग प्रमुख बस्नेतले क्लवले गरेको कार्यको प्रशंसा गर्दै एकेडेमीमा रहेका वालकहरुको फुटवल एकेडेमी सहित भरणपोषणमा थप आवश्यक सहयोग गर्ने बताए । अखिल नेपाल फुटवल संघ(एन्फा)का बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लवको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिए ।

सो अवसरमा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष बिक्रम थकाली, एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, उपाध्यक्ष विरबहादुर खड्का, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन, सहारा क्लबका सहसचिव सुनिल राना लगायतकाको उपस्थिति रहेको थियो ।

 

Post Comments