बुढीगंगा । गछिया युवा समाज, मोरङ जारी दोस्रो हात्तीमुढा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा गछियाले जुनियर फुटबल क्लब, ग्रामथानलाई टाईब्रेहरुमा ४–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयमा गछियाका लागि पुजन चौधरीले गोल गरेका थिए भने जुनियरका लागि श्रवण गच्छदारले गोल गरेका थिए । टाईब्रेकरमा भने गछिया विजयी बन्यो ।
खेलमा गछियाका गोलरक्षक निशान खाती म्यान अफ दि म्याच घोषित भए । पेनाल्टी शुटआउटमा उनले विपक्षी टोलीको दुई पेनाल्टी प्रहार जोगाएका थिए ।
प्रतियोगिता अन्तर्गत मंसिर २७ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल जनपथ फुटबल ट्रेनिङ सेन्टर, मोरङ र हात्तीमुढा स्र्पोटिङ एकेडेमी, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
हात्तीमुडा स्र्पोटिङ एकेडेमी, बुढीगंगा गाउँपालिका–५, हात्तीमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष ५ गतेका दिन हुनेछ ।