News साम्बा : नेपाली समर्थकबीच खेल्न पाउँदा भाग्यमानी छु
गोलनेपाल

नेपाली महिला राष्ट्रिय टोलीकी खेलाडी साम्बाले अस्ट्रेलिया र न्युजिल्यान्डमा रहेका नेपाली समर्थकका बीच खेल्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छन्।

हाल वेलिङ्टन फिनिक्सबाट ए–लिग खेलिरहेकी साम्बाले समर्थककै कारण क्लब रोजेको खुलासा गरेकी हुन्।

साम्बाले प्यारामाउन्ट प्लससँग कुरा गर्दै भनिन्, “अस्ट्रेलिया र न्युजिल्यान्डमा रहेका मेरा समर्थककै कारण मैले वेलिङ्टन फिनिक्स रोजेकी हुँ। यहाँबाट मलाई ठूलो समर्थन मिलिरहेको छ, जसको म निकै कदर गर्छु।”

यसैबीच, वेलिङ्टन फिनिक्सले शुक्रबार राति सम्पन्न ए–लिग खेलमा लगातार दोस्रो हार व्यहोरेको छ। साम्बा भने हालसम्म लिगमा गोल खाता खोल्न भने सफल भएकी छैनन्।

Post Comments