News
सतिसालेद्वारा नेपाली यु–२३ खेलाडी सुजन गृहजिल्लामा सम्मानित
केराबारी । नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीका सदस्य सुजन मगर गृहजिल्ला मोरङमा सम्मानित भएका छन् । मंगलबारदेखि शुरु भएको दोस्रो सतिसाले गोल्डकपको अवसर पारी आयोजक सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङले सुजनलाई सम्मानित गरेको हो ।
सुजनलाई एक कार्यक्रमका बीच केराबारी नगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष अजय लिम्बु र आयोजक सतिसाले स्र्पोटिङ क्लबका अध्यक्ष जोगिम चेम्जोङले संयुक्त रुपमा सम्मानपत्र र नगदसहित सम्मानित गरे ।
केराबारी, मोरङका स्थायी वासिन्दा सुजन विभागीय टोली नेपाल पुलिस क्लबका लागि व्यवसायीक फुटबल समेत खेल्छन् । सुजनले गत सेप्टेम्बरमा ताजिकिस्तानमा भएको एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपाली टोलीका लागि डेब्यु गरेका थिए ।
Post Comments