News
दोस्रो सतिसाले गोल्डकपः बेतना सेमिफाइनलमा
सतिसाले । जारी दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगितातर्फ बुधबार भएको दोस्रो क्वाटरफाइनलमा न्यू स्टार क्लब, बराहक्षेत्रलाइ ०–१ ले हराउदै बेतना युनाइटेड, बेलबारि मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोरङको केराबारि गाउपालिका वाड न ६ स्थित सतिसाले स्पोर्टिङ क्लबको खेलमैदानमा भएको खेलमा बेतनाको लागि निमा तामाङले दोस्रो हाफमा गरेको गोल नै निर्णयक गोल बन्न पुग्यो ।
प्रतियोगिता अन्तर्गत पुष ३ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल ब्रदर्श कलेक्सन, पोखरा र साविक विजेता चुलाचुली स्पोर्टिङ क्लब, झापा बीच हुने आयोजकले जानकारी दियो ।
सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल पुष ८ गतेका दिन हुनेछ ।
Post Comments