News
चौथो सुन्दरहरेचा मेयर गोल्डकप : बेलका नगरपालिकाको शानदार जित
सुन्दरहरेचा । चौथो सुन्दरहरेचा मेयर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा बेलका नगरपालिकाले सुन्दरहरेचा नगरपालिकामाथि ४–१ को प्रभावशाली जित दर्ता गरेको छ।
बेलका नगरपालिकाको जितमा हिमाल मगरले ह्याट्रिक पूरा गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। यस्तै, दिशान रानाले एक गोल थप्दै बेलकाको जित सुनिश्चित गरे।
घरेलु टोली सुन्दरहरेचा नगरपालिकाका लागि सनिश लिम्बुले एकमात्र सान्त्वना गोल गरे।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका बेलका नगरपालिकाका हिमाल मगर प्लेयर अफ द म्याच घोषित भए। उनले ह्याट्रिकसहित टोलीलाई शानदार जित दिलाएका थिए।
प्रतियोगिताअन्तर्गत भोलि हुने खेलमा केराबारी गाउँपालिका र शिवसताक्षी नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद रु ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।
Post Comments