सतिसाले । साविक विजेता चुलाचुली स्र्पोटिङ क्लब, झापा यहाँ जारी दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको तेस्रो क्वाटरफाइनल खेलमा चुलाचुलीले ब्रदस कलेक्सन पोखरालाइ २–० गोल अन्तरले हराउदै अन्तिम चारमा प्रवेश गरेको हो ।
केराबारि गाउँपालिका वार्ड नम्बर ६ स्थित सतिसाले फुटबल क्लबको खेल मैदानमा भएको खेल मैदानमा पहिलो हाफमै दुबै गोल सम्भब भएको थियोे । चुलाचुलीको लागि बिजय उराँव र बिबस गुरुङले एकएक गोल गरे ।
पोखराले बिदेशी खेलाडी र केहि नाम चलेका खेलाडी लियर मैदान उत्रिए पनि गोल गर्नु सकेन । खेलको प्लयेर अफ द म्याच चुलाचुलीका बिजय उराँव घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष ४ गते शुक्रबारको चौथो क्वाटरफाइनल खेलमा आयोजक सतिसाले स्पोर्टिङ क्लब, मोरङ र बिराटनगर सिटि फुटबल क्लब, बिराटनगर बीच हुने आयोजकले जानकारी दियो ।
सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल पुष ८ गतेका दिन हुनेछ ।