News बेलबारीमा तेस्रो पुष्पाञ्जली कप हुँदै
गोलनेपाल

बेलबारी । पुष्पाञ्जली फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा यही पुष १९ देखि २६ गतेसम्म तेस्रो पुष्पाञ्जली कप फुटबल प्रतियोगिता हुने भएको छ ।

बेलबारी–१०, मोरङ स्थित पुष्पाञ्जली खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments