News न्यू पेगोडालाई नगर स्तरिय प्याब्सन प्रेसिडेन्ट कपको उपाधि
गोपाल काफ्ले

पथरी । अन्डर १५ नगर स्तरीय प्याब्सन प्रेसिडेन्ट कप फुटवल प्रतियोगिताको उपाधि न्यू पेगोडा ईङलिस स्कुले पथरी शनिश्चरेले चुमेको छ । उपाधि संगै न्यु पेगोडा ईङ्लिस स्कुल जिल्ला प्याब्सन प्रेसिडेन्ट कपका लागि छनोट भएको छ ।

आज भएको फाईलन खेलमा पेगोडा ईङलिस स्कुले एभरेष्ट ईङ्लिस बोडिङ स्कुललाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलको एक मात्र निर्णायक गोल पेगोडाका टिम क्याप्टेन आदित्य राईले गरेका थिए । प्रतियोगितामा पथरी शनिश्चरे नगर भित्रका १८ ओटा निजि विद्यालय सहभागिता रहेको थियो । प्रतियोगितामा पेगोडाका आदित्य राई हाई स्कोर बनेका थिए । उनले प्रतियोगिता भरि ६ गोल गरेका थिए ।

प्याब्सन खेल प्रतियोगिता अन्तरगत भलिवलमा खेलमा छात्र छात्रा तर्फ एभरेष्ट ईङ्लिस बोडिङ स्कुल विजेता बनेको छ भने रेड स्टार मावि छात्र छात्रा दुबैमा उप विजेता बनेको छ । प्रतियोगिता अन्तरगत टेवल टेनिसमा मोरङ मेरिगोल्डका सुविन थापा विजेता बन्दा प्याराडाईज ईङ्लिस स्कुलका ईसान दर्नाल उप विजेता बनेका छन ।विजेता तथा उप विजेता टिमलाई जिल्ला प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेत, पथरी शनिश्चरे नगर अध्यक्ष सन्तोष बस्नेतले पुरस्कार वितरण गर्नु भयो ।

Post Comments