News
डिपिएस बिराटनगर र माउन्ट जियोन (भारत) फाइनलमा प्रवेश
बिराटनगर । दिल्ली पब्लिक स्कुल (DPS), बिराटनगरको आयोजनामा सञ्चालित तेस्रो DPS International Invitational Inter School Football Running Cup 2082 अन्तर्गत सेमिफाइनल चरणका खेलहरू सम्पन्न भई दिल्ली पब्लिक स्कुल, बिराटनगर र माउन्ट जियोन इङ्लिस स्कुल, भारत फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनल चरणको निर्णायक खेलमा माउन्ट जियोन इङ्लिस स्कुल, भारत ले BKVM School लाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। खेलभरि माउन्ट जियोनले सशक्त प्रदर्शन गर्दै आक्रामक खेल प्रस्तुत गरेको थियो।
यसअघि सम्पन्न अर्को सेमिफाइनल खेलबाट दिल्ली पब्लिक स्कुल, बिराटनगरले पनि उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान सुरक्षित गरेको थियो।
फाइनल खेल विवरण
प्रतियोगिताको बहुप्रतीक्षित फाइनल खेल निम्न मितिमा आयोजना हुने आयोजकले जनाएको छ:
- मिति: सोमबार (वि.सं. २०८२/०९/०७)
- * समय: बिहान ११:०० बजे
- * खेल: माउन्ट जियोन इङ्लिस स्कुल, भारत
दिल्ली पब्लिक स्कुल, बिराटनगर
Post Comments