काठमाडौँ । दोस्रो मित्रनगर राइजिङ क्लब फुटसल प्रतियोगिताको उपाधि अगेना एफसीले जितेको छ। काठमाडौँको गोङ्गबुस्थित मनाङ मर्स्याङ्दी फुटसल मैदानमा सम्पन्न एकदिने प्रतियोगिताको फाइनल खेलमा अगेना एफसीले भोटे एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
उपाधिसँगै अगेना एफसीले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको भोटे एफसीले ४५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगितामा अगेना एफसीका मदन पौडेल उत्कृष्ट खेलाडी घोषित भए भने सोही क्लबका सन्दीप कार्की सर्वाधिक गोलकर्ता बने। उत्कृष्ट गोलकिपरको उपाधि भने भोटे एफसीका एन्जल गुरुङले जिते। विधागत उत्कृष्ट खेलाडीहरूले ट्रफीसहित जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
विजेता तथा उपविजेता टोलीलाई काठमाडौँ महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ख्यामराज तिवारी, मित्रनगर राइजिङ क्लबका अध्यक्ष एन.बी. तामाङ, सोनाम लगायतले पुरस्कार वितरण गरेका थिए।
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
- बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न