News
कैलालीमा हुने बद्री कुन्ता मेमोरियल यु–१६ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
धनगढी । बद्री कुन्ता मेमोरियल यु-१६ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा प्रवेश गरेको आयोजकले जानकारी दिएको छ। धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र यो पौष १८ गतेबाट २६ गतेसम्म सम्पन्न हुने जानकारी दिइयो ।
प्रतियोगिता कैलाली जिल्ला फुटबल संघको आयोजनामा हुने भए तापनि मुख्य प्रायोजक बद्री कुन्ता मेमोरियल ट्रष्ट रहेको छ। कैलाली जिल्लाका १३ स्थानीय तहका क्लबहरुको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउट ढाँचामा खेलिने बताइएको छ।
प्रतियोगितामा विजेताले नगद २ लाख रुपैयाँ, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन्। विधागत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले पनि ट्रफी, मेडल र नगद पुरस्कार प्राप्त हुनेछ।
आयोजक तथा फुटबल संघले यस प्रतियोगिताबाट युवा खेलाडीहरुलाई खेलको अवसर प्रदान गर्दै भविष्यमा फुटबलको स्तरलाई थप उकास्ने उद्देश्य रहेको बताए।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने