News
राष्ट्रिय लिग खेल्न लालिगुराँस एशोसिएसनलाई एक करोड भन्दा बढि खर्च हुने अनुमान, सहयोग गर्न अपिल
पोखरा । कास्की जिल्लास्तरीय लिग विजेता, प्रदेश विजेता बन्दै हेटौंडाको गौरीटार रंगशालामा भएको एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगितामा विजेता बन्दै राष्ट्रिय लिग खेल्न पक्का गरेको कास्कीको लालिगुराँस एशोसिएसन क्लबले तीनै तहका सरकार, नीजी क्षेत्र र फुटबलप्रेमीहरुलाई आर्थिक, नैतिक तथा संस्थागत सहयोग गर्न अपिल गरेको छ ।
एशोसिएसनका महासचिव ईश्वर बस्यालले लालिगुराँस एसोसिएसनको राष्ट्रिय लिग खेल्न एक करोड भन्दा बढि खर्च हुने अनुमान गरिएको बताए।
नेपाली फुटबलको समग्र विकासका लागि अखिल नेपाल फुटबल संघ एन्फा तथा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारले पनि राष्ट्रिय लिगलाई प्राथमिकतामा राखी खेलाडीको आर्थिक सुरक्षा, पारदर्शी व्यवस्थापन र दिर्घकालीन निति निर्माणमा ध्यान दिनुपर्ने अध्यक्ष डम्मर जंग गुरुङले बताए ।
Post Comments