News मोरङमा प्रदेशस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

बिराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिकामा प्रथम प्रदेशस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको सबै तयारी पनि पूरा भईसकेको आयोजकले जनाएको छ ।

यहि आउँदो फागुन १ देखि ८ गतेसम्म सुन्दरहरैचा–९ मोरङस्थित इन्द्रपुर रंगशालामा हुने प्रतियोगितामा प्रदेश नम्बर १ का कुल आठ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको खेलतालिका पनि आयोजकले सार्वजनिक गरेको छ ।

उद्घाटन खेलमा फागुन १ गते शनिबारका दिन आयोजक झरना युवा क्लब, मोरङ र पञ्चायन फुटबल क्लब, सुनसरीबीच हुने आयोजक क्लबका अध्यक्ष प्रल्हाद पाठकले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित १,०११,११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने समेत अध्यक्ष पाठकले बताए । त्यस्तै प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments