News ताप्लेजुङ: चाँगे मानाभारा गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

खेजेनिम (ताप्लेजुङ) । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लब फक्ताङलुङ गाउँपालिका २ स्थित आहाले खेलमैदानमा आजदेिख सुरू प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५-३ गोलअन्तरले पराजित गर्दै चाँगेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । खेलमा अग्रता आयोजकले बनाएको थियो ।

आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ५८औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गरेका थिए । यसैगरी, चाँगेकै दिपेश श्रेष्ठले नै ६०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर २१ गोलअन्तरमा पुर्याए । तर, ४ मिनेटपछि आयोजकका विवेक लिम्बूले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलको प्लेयर अफ दी म्याच चाँगेका दुई गोल गरेका दिपेश लिम्बू घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे ।

भोलि दुई वटा क्वाटरफाइनलका खेल हुनेछन् । जसमा सिँवा स्पोर्टिङ क्लब लिङ्खिम र सिदिङ्वा गाउँपालिका ७ सुरुम्खिमको लालीगुराँस फुटबल क्लबबीच खेल हुनेछ । यसैगरी, आमन्त्रित टोली लिखुभुजी युथ क्लब रामेछाप र मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबीच खेल हुनेछ । मानाभारा युथ स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल पुस १९ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउने छ ।

Post Comments