बुटवल । झिनो अन्तरको जितका साथ रेसुङ्गा फुटबल क्लब जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा रेसुङ्गाले प्रतियोगिताको बलियो प्रत्याशी फर्साटिकर युवा क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो ।
तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेलमैदानमा सम्पन्न खेलको दोस्रो हाफतर्फ १४औं मिनटमा मोहन थापाले बक्स नजिकैबाट गरेको प्रहार रेसुङ्गाको जितमा निर्णायक गोलका रुपमा परिणत भएको थियो ।

खेलमा फर्साटिकरले पनि गोलको राम्रो अवसर पाएको थियो । तर त्यसलाई फर्साटिकरका अग्रपंक्तिका खेलाडीहरुले सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच रेसुङ्गा कै पुरन भण्डारी घोषित भए । उनलाई बाघधुरा टोल बिकास समितिका सचिव भोला प्रसाद बस्यालले पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत माघ २५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक सञ्जिवनी युवा क्लब र नव एकता युवा क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक इन्द्र थापाले बताए ।
प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन १ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने