सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा अरनीको युवा क्लबको आयोजनामा जारी सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक कप अन्तर्गत शुक्रबार अन्तिम दुई प्रि क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।
पहिलो खेल न्यू भानु युवा क्लब र सिद्धार्थ युवा क्लबबीच प्रतिस्पर्धा हुँदा उक्त खेलमा पाँच शुन्यको फराकिलो जित हात पार्दै भानु युवा क्लब क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। एकपक्षीय उक्त खेलमा भानु युवा क्लबका लागि शैलेश बोहराले तीन गोल सहित ह्याट्रिक पुरा गर्दा सुभित सार्की र शंकर कुँवरले समान एकएक गोल गरेका हुन्।
दोस्रो खेल अरनिको युवा क्लब (निलो) र पुनर्वास नगरपालिका तीन (रातो) बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा उक्त खेल निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएको थियो। उक्त खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत लिँदा आयोजक अरनीको युवा क्लब विजेता बन्न सफल भएको छ। दुवै टोलीबाट कुल पाँच पाँच प्रहार हुँदा पाँच तिनको नतिजामा विजेता बन्दै अरनीको युवा क्लब क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको हो। पुनर्वास नगरपालिका ३ को तर्फबाट कप्तान सन्तोष तामाङले क्रसबारमा प्रहार गर्दा पराजयको संघारमा पुगेको थियो।
शनिबार पहिलो क्वाटर फाइनल खेल सुदूरपश्चिम प्रहरी र हिमाल फ्रेन्ड्स दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन् भने गत संस्करणका फाइनलिस्ट टोली आयोजक अरनीको युवा क्लब रातो र त्रिभुवन युवा क्लब दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुष पन्ध्र गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष तेईस गते सम्पन्न हुनेछ।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा