पथरी । डाँगीहाट फुटवल क्लव भाउन्ने बेलबारी ११ भाउन्नेमा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको फाइनलमा प्रबेश गरेको छ । शुक्रबारको दोस्रो सेमिफाईनल खेलमा डाँगीहाटले इन्ट्रा पथरी ११ फुटबल क्लवलाई २-० गोल अन्तरले पराजित गरेको हो । डाँगीहाटले आईतवार हुने फाईनल खेलमा उपाधिका लागि तालतलया ईटहरीको सामना गर्ने छ ।
डाँगिहाटका लागि खेलको ३ मिनेटमा अरुण लिम्बुले गोलको खाता खोलेका थिए । एक गोलले पछि परेको पथरी माथि खेलको १२ औं मिनेटमा उमेस कार्कीले गोल गर्दै अग्रता दोब्बर पारे । कार्कीले पेनाल्टी मार्फत गोल गरेका हुन । पथरी ११ का पहिलो रोजाईका खेलाडीहरु नभएका कारण पथरी ११ ले खेल गुमाउनु परेको हो । पहिलो हाफ २ गोलको अग्रता बनाएको डाँगिहाटले दोस्रो हाफमा पनि निकै अवसर पाए पनि गोल गर्न सकेन ।
आजको खेलको म्यान अफ दि म्याच टिम डाँगिहाटका टिम क्याप्टेन सविन राई घोषित हुदै नगद २५ सय प्राप्त गरे । प्रतियोगिताको विजेतले नगद एक लाख एक हजार एक सय एघार र उपविजेताले एकाउन्न लाख एक सय एघारका साथ मेडल ट्रफि प्राप्त गर्ने छन । प्रतियोगिता संगम स्पोर्टिङ क्लबको आयोजितमा बेलबारी ११ मा रहेको क्लवकै खेल मैदान संचालन रहेको छ ।
प्रतियोगितामा इन्ट्रा पथरी ११, धरान सिटि धरान, आयोजक संगम स्पोटिङ क्लव बेलबारी, तालतलैया फुटवल क्लव ईटहरी, ध्रुव तारा स्पोटिङ क्लव दमक, डाँगीहाट फुटवल क्लव बेलबारी, मोतिराम स्पोटिङ क्लव विराटनगर र एम एफ सि ईलाम सहित आठ टिम सहभागि रहेका थिए । मेमोरियल कपको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, उत्कृष्ट फर्वार्ड, राइजिङ प्लेयर, सर्वाधिक गोलकर्ताको पुरस्कार बेलबारी–११ निवासी हिरा कुमारी श्रेष्ठ प्रदान गर्नु भएको छ ।