पुनर्वास । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा अरनीको युवा क्लबको आयोजनामा जारी सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक कप अन्तर्गत आइतबार अन्तिम दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन् ।
पहिलो खेल अरनीको युवा क्लब निलो र भानु युवा क्लब प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा ३-० गोलको सहज जित हात पार्दै भानु युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। जसका लागि सुदीप सुनारले दुई गोल गर्दा सुभित सार्कीले एक गोलको योगदान गरेका हुन्। उक्त खेलको म्यान अफ द म्याच सुदीप सुनार बनेका छन्।
प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेल सिद्धार्थ युवा क्लब र पुनर्वास नगरपालिका ३ बिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो जसमा निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिए पश्चात पेनाल्टी सुटआउट मार्फत अन्तिम नतिजा निकालिएको हो। पेनाल्टी सुटआउटमा ४-५ को नतिजामा जित हात पार्दै पुनर्वास नगरपालिका ३ सेमिफाइनल प्रवेश गरेको हो। सिद्धार्थ युवा क्लबका बिमल ओलीको प्रहारलाई पुनर्वासका रक्षक प्रदीप तामाङले रोक्न सफल भएका थिए साथै उनी उक्त खेलको म्यान अफ द म्याच पनि बनेका छन्।
सोमबार एकमात्र सेमिफाइनल आयोजक अरनीको युवा क्लब र पुनर्वास नगरपालिका ३ दिनको ठिक एक बजे प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा
- भानु युवा क्लब र अरनिको युवा क्लब सातौं अरनीको सैनिक कपको क्वाटरफाइनलमा