News देस्ना चन्द स्मृति नयाँ गल्ली कप भेट्रान्स फुटबल हुने
उमेश पुन

पोखरा । पयर्टकीय शहर पोखरामा देस्ना चन्द स्मृति दोस्रो ३५+ भेट्रान्स सेभेन ए साईड नयाँ गल्ली कप नकआउट फुटबल प्रतियोगिता आउँदो फागुनको पहिलो सातादेखि शुरु हुने भएको छ ।

नयाँ गल्ली युवा क्लब, पोखरा कास्कीको आयोजनामा हुन गईरहेको प्रतियोगिता यहि आउँदो फागुन ४ देखि ८ गतेसम्म हुने आयोजकले जनाएको छ । साथै त्यसका लागि आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागि इच्छुक टोलीहरुका लागि टिम दर्ता शुल्क ५ हजार तोकिएको छ ।

Post Comments