काठमाडौं । लिगलिडर तथा उपाधिको दावेदार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले जारी राष्ट्रिय महिला लिगमा सोमबार पनि फराकिलो जित हात पारेको छ । लिगको सातौं जित हात पार्ने क्रममा अपराजित एपिएपले चौदण्डीगढी नगरपालिका, उदयपुरलाई १४–० ले हरायो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफका लागि स्टार फरवार्ड साबित्रा भण्डारीले दुई ह्याट्रिकसहित ८ गोल गरिन् । त्यस्तै अनिता केसी र अनिता बस्नेतले २–२ गोल गरे भने अनु लामा र रबिना गोलेले एक–एक गोलको योगदान दिए । प्लेयर अफ द म्याच एपिएफकी प्रिती राई घोषित भईन् ।
यो जितसँगै ७ खेलबाट २१ अंक जोडेको एपिएफ शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानमा रहेको आर्मीसँगको दुरी फेरि पाँच अंकमा पुर्याएको छ । उता जितविहीन चौदण्डीगढी भने पुछारमा छ ।
लिग अन्तरगत माघ २७ गते मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका, स्याङ्जा भिड्नेछ भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका, मोरङ र अर्को विभागीय टोली नेपाल पुलिस क्लब आमने सामने हुनेछन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै