फक्ताङलुङ । ताप्लेजुङमा बिहीबारदेखि शुरु भएको प्रथम माघेनी मेला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली सिंगा स्र्पोटिङ क्लबले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा सिंवा स्र्पोटिङले जनसेवा आदर्श स्र्पोटिङले ४–० को अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । सिंवा स्र्पोटिङको जितमा पवन लिम्बु, दिपेश लिम्बु, जमिन लिम्बु र समिन लिम्बुले गोल गरे । सिंवा स्र्पोटिङ कै पवन लिम्बु म्यान अफ दि म्याच समेत चुनिए ।
यो जितसँगै सिंवा स्र्पोटिङ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ २ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल नाम्थोक युवा क्लब र बि.सि.एस. मेमोरियल युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
माघे मेला सञ्चालन समिति, सिंवाबजार, ताप्लेजुङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५२०८२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ ५ गतेका दिन हुनेछ ।

- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई