News हरिपुर युनाइटेड चौथो ल्होछार कपको क्वाटरफाइनलमा
गोलनेपाल

निजगढ । उत्कृष्ट जितका साथ हरिपुर युनाइटेड क्लब, हरिपुर–२, सर्लाही यहाँ जारी चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ हरिपुरले हेटौडा फुटबल एकेडेमी, मकवानपुरलाई ३–० को अन्तरले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । निजगढ–१०, लाल स्थित बुद्धचोक मिनी स्टेडियममा भएको खेलमा हरिपुरका लागि बबी चौधरीले दुई गोल गर्दा प्रबिन धामी र रोहन कुमारले एक–एक गोल गरे । खेलमा दुई गोल गरेका हरिपुर युनाइटेडका बबी चौधरी म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ९ गते शुक्रबार दुई खेलहरु हुनेछन् । दिनको १ बजे हुने पहिलो खेलमा चिडियादह स्टार क्लब, रौतहट र निजगढ सिटी क्लब, बारा बीच हुनेछ भने दोस्रो खेल ३ बजे आयोजक योङ स्टार युनाइटेड क्लब, बारा र निजगढ फुटबल क्लब, बाराबीच हुने आयोजकले जानकारी दियो ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।

Post Comments