News २६ औँ आदर्श कप : होराइजन सेमिफाइनलमा
गोलनेपाल

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर - २९ भण्डारढिक स्थित आदर्श रङ्गशालामा फस्ट च्वाईस फुड्स लिमिटेडको मुख्य प्रायोजनमा आदर्श युथ क्लबले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न भएको छ।

शनिबार आयोजक आदर्श युवा क्लब र होराइजन क्लब वालिङ स्याङ्जा प्रतिस्पर्धा गरेका थिए, उक्त खेलमा आयोजकलाई घरेलु मैदानमा १-० गोल अन्तरले स्तब्ध पार्दै होराइजन सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली बनेको छ। पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको उक्त खेल दोस्रो हाफमा पनि निकै लामो समय पश्चात यानिकी खेलको ८० औँ मिनेटमा होराइजनका लागि विश्व थापाले हेडमार्फत गोल गरेका थिए। त्यसपश्चात् बाँकी समय कुनै पनि टोलीबाट गोल हुन नसक्दा विश्व थापाको उक्त गोल नै निर्णायक गोल बनेको थियो। साथै उनी उक्तखेलको म्यान अफ दी म्याच बन्दै नगद रु.५००० सहित ट्रफी प्राप्त गरेका छन।

प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेल आइतबार गन्नी फुटबल क्लब पर्वत र एन्फा तनहुँ दिनको ठिक १२:३० बजे प्रतिस्पर्धा गर्नेछन्। मोफसलका चिरपरिचित आठ टोलीहरुको सहभागी रहेको उक्त प्रतियोगिताको बिजेताले नगद रु ४,९९,९,९९ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद रु ३,३३,३,३३ रुपैया प्राप्त गर्नेछ।

व्यक्तिगत विधातर्फको उत्कृष्ट खेलाडीले जनहि नगद रु.१५००० प्राप्त गर्नेछन् भने प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीले नगद रु. २५ हजार प्राप्त गर्नेछ। प्रतियोगिताको समापन भने माघ सोह्र गते हुने आयोजक कमिटीले जानकारी दिएको छ। 

Post Comments