मेरिङदेन । प्रगतिशील युवा क्लब, मेरिङदेन–४, लिङतेप, ताप्लेजुङको आयोजनामा सम्पन्न प्रथम लिङ्तेप कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि कुम्मायक कुसायक क्लब, पाँचथरले जितेको छ ।
मंगलबार सम्पन्न फाइनलमा कुम्मायकले साथीभाई सामाजिक युवा क्लब, फुङलिङलाई ४–२ को अन्तरले हराउँदै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो ।
कुम्मायक कुसायकको जितमा सुशिल लावतीले दुई गोल गर्दा लोकेन्द्र थापा र सेमसिङ लावतीले थप एक–एक गोल गरे । उता पराजित साथीभाईका लागि भने दुवै गोल जमिन लक्षमले गरेका थिए ।
विजेता बनेको कुम्मायक कुसायकले उपाधिसहित नगद ३,०२,०८२ रुपैयाँ हात पार्यो भने उपविजेता साथीभाई सामाजिक युवा क्लबले १,५१,०८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
सुशिल लावती फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यस्तै अन्य विधातर्फ कुम्मायक कै रोचक लावती उत्कृष्ट गोलरक्षक बन्दा साथीभाईका धर्मेन्द्र मगर उत्कृष्ट डिफेन्डर चुनिए । त्यस्तै कुम्मायकका लोकेन्द्र थापाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउँदा कुम्मायक कै भगिन लावती उत्कृष्ट प्रशिक्षक चुनिए । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने साथीभाईका जमिन लक्षम घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी मेरिङदेन गाउँपालिकाका अध्यक्ष युगहाङ बिर हङगम डम्बर, मेरिङदेन गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष वेद प्रसाद हङगम, आयोजक क्लबका अध्यक्ष विजय हङगम लगायतले पुरस्कृत गरेका थिए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई