News मुनबिम एकेडेमीलाई सातौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कपको उपाधि
गोलनेपाल

तरहरा । हिम शिखर इङलिस स्कुल, तरहरा, सुनसरीको आयोजनामा सम्पन्न सातौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि मुनबिम एकेडेमी, कालाबञ्जर, बराहक्षेत्रले जितेको छ ।

फाइनलमा मुनबिम एकेडेमीले भरौल बालमन्दिर इङलिस स्कुल, नडाहा, बराहक्षेत्रलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पेनाल्टीमा भने मुनबिम सफल बन्यो ।

विजेता बनेको मुन एकेडेमीले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता भरौल बालमन्दिरले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । भरौल बाल मन्दिरका सन थेबे फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

त्यसबाहेक अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक मुनबिमका कबिन सिवाकोटी बन्दा उत्कृष्ट डिफेन्डर भरौल बाल मन्दिरका इनम राई चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि भरौल कै अभिरल तामाङ चुनिदा सर्वाधिक गोलकर्ता मुनबिमका अभिषेक बिक बने ।

उत्कृष्ट प्रशिक्षक मुनबिमका जिवन धामी बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीको पुरस्कार पनि मुनबिम कै रिगजेन गुरुङले हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश प्याब्सनका अध्यक्ष सुमित थापा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments