News
साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब शुरूवात
पोखरा । शनिबारदेखि पोखरामा शुरु भएको साफ यु-१९ महिला च्याम्पियनसिपतर्फ आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ ।
पोखरा रंगशालामा भएको खेलको ४९औं मिनेटमा पर्ल फर्नान्डेजले गरेको एक मात्र गोल भारत्लाइ जित दिलाउन र नेपाललाई निराश बनाउन निर्णायक गोल बन्यो ।
नेपालले आफ्नो दोस्रो खेल २ फेब्रुअरीका दिन भुटानसँग खेल्नेछ । त्यस्तै सोही दिन भारतले बंगलादेशको सामना गर्नेछ । स्मरणीय छ, शनिबार नै भएको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई १२-० को फराकिलो अन्तरले हराएको थियो ।
सिंगल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन । प्रतियोगितामा दक्षिण एसियाका चार देशहरु सहभागी छन ।
Post Comments