खैरेनी । टाईब्रेकरमा जित हात पार्दै सुनवल युथ क्लब जारी दोस्रो देवदह कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा सुनवलले बारागढी युथ क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
त्यसअघि देवदह खैरेनी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने सुनवलले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको म्यान अफ द म्याच पराजित बारागढीका अनिष चौधरी घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २९ गते बिहीबारको खेल केरवानी स्र्पोटिङ क्लब र आयोजक डि युनिटी युवा क्लब (रातो) बीच हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिए ।
डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल भने आउँदो फागुन ८ गतेका दिन हुने समेत खेल संयोजक घलेले बताए ।


- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने