मिक्लाजुङ । आइतबारदेखि मोरङमा शुरु भएको प्रथम मिक्लाजुङ अध्यक्ष कप अन्तरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगितामा मिक्लाजुङ गाउँपालिकाले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा मिक्लाजुङले चुलाचुली गाउँपालिकालाई २–० ले हराउँदै विजयी शुरुवातका साथ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । मिक्लाजुङको जितमा दुवै गोल पारस मिवाकले गरे । खेलमा पारस नै म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ १९ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल दमक नगरपालिका र बेलबारी नगरपालिकाबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले गरेका थिए ।
मिक्लाजुङ युथ क्लब, मिक्लाजुङ, पाँचथरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ २५ गतेका दिन हुनेछ ।
