News प्रथम सुदूरपश्चिम लिग आजबाट सुरु
बिकास सिंह महता
सुदूरपश्चिम प्रदेश(कैलाली-कञ्चनपुरमा) प्रथम सुदूरपश्चिम लिग प्रतियोगिता आजबाट सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम फुटबल लिग प्रतियोगिता हुने भएको हो । 
 
अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यतालिका अनुरुप २०७६ सालमा जिल्ला लिग च्याम्पियन दुवै जिल्लाका उत्कृष्ठ टिमविच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल महेन्द्रनगरको खुला मञ्च र समापन कैलाली धनगढीमा हुने आयोजकले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव अमृत शाहले गत बर्ष लिग च्याम्पियन टिमविच लिग खेल हुने बताए । नेशनल लिगको तयारीका लागि टिम छनौट जस्तै खेल हुने बताउदै महासचिव शाहले जिल्लाबाट विजेता टिमले ‘एन्फा प्रिन्सिडेन्ट कप’मा सहभागि हुन पाउनेछ । कञ्चनपुरबाट दिपज्योती युवा क्लब र कैलालीबाट निसर्ग स्टारसिटी युवा क्लबविच ‘होम एण्ड अवे’ प्रतियोगिता हुनेछ । 

सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले एन्फामा आबद्ध भएका जिल्लाबाट मात्रै प्रतियोगिता गराएर टिम छनौट गरिने बताए । बुधबार एक कार्यक्रमका विच कञ्चनपुरको दिपज्योति युवा क्लबका तर्फबाट अध्यक्ष गणेश धानुक, टिम क्याप्टेन विकास सिह महता, कैलालीको निसर्ग स्टार सिटी युथ क्लबका तर्फबाट अध्यक्ष कुमार ब. शाही टिम क्याप्टेन कुँवेर सिहले टिसर्ट प्रंस्तुत गरेका थिए । 
 
दिपज्योती युवा क्लबका अध्यक्ष गणेश धानुकले प्रतियोगिताका पुरै तयारी पुरा भएको बताए । अध्यक्ष धानुकले भीमदत्त नगरपालिका ७ नम्बर वडा कार्यालय, भीमदत्त नगरपालिका र सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले सहयोग गरेको बताए ।

फुटबल संघ कञ्चनपृुरका अध्यक्ष गणेश चन्दले एन्फाबाट तीन लाख सहयोग आउने बताए ।

बिकास महता
Post Comments