काठमाडौं । राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बिहीबार सहज जित निकाल्दै लिगतालिकामा आफ्नो दोस्रो स्थानलाई कायम राखेको छ ।
आर्मीले सहज जित हात पार्ने क्रममा बिराटनगर महानगरपालिका, मोरङमाथि ७–० को फराकिलो जित दर्ता गर्यो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको १७औं मिनटमा शर्मिला थापाले गोलको खाता खोल्नि । २२औं मिनटमा सपना लामाले आर्मीको त्यो अग्रता दोब्बर बनाईन् ।
खेलमा एकपक्षीय जित निकालेको आर्मीका लागि २८औं मिनटमा बिमला बिकले तेस्रो गोल थपिन् । त्यस्तै बिमला चौधरी र रश्मी घिसिङले ३५ र ३९औं मिनटमा लगातार दुई गोल थप्दै आर्मीको अग्रता ५–० को स्थितिमा पुर्याउन सफल भए ।
त्यस्तै दोस्रो हाफको ५०औं मिनटमा बिमला बिकले नै व्यक्तिगत दोस्रो तथा आर्मीका लागि छैटौं गोल गरिन् भने लगतै ५४औं मिनटमा शर्मिला थापाले पनि व्यक्तिगत दोस्रो तथा आर्मीका लागि सातौं गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरिन् ।
यो जितसँगै ९ खेलबाट २२ अंक जोडेको आर्मी लिगतालिकाको दोस्रो स्थानमा छ । र लिगलिडर एपिएफ भन्दा २ अंकले पछाडी छ । उता एपिएफ भने एक खेल कम खेल्दै २४ अंकका साथ शिर्ष स्थानमा यथावत छ । त्यस्तै आर्मीसँग पराजित भएको बिराटनगर भने १० अंकका साथ पाँचौं स्थानमा छ ।
त्यसैगरी बिहीबार नै चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि ७–१ को जित निकालेको वालिङ नगरपालिका, स्याङजा ९ खेलबाट १४ अंकका साथ तेस्रो स्थानमा छ । उता जितविहीन रहेको चौदण्डीगढी भने अंकविहीन रुपमा पुछारमा छ ।
महला लिग अन्तरगत माघ ३० गते शुक्रबारको एक मात्र खेल नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका, रौतहटबीच हुने एन्फाले जनाएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न