मिक्वाखोला । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल), मिक्वाखोला गाउँपालिका कमिटी, ताप्लेजुङको आयोजनामा सम्पन्न भएको प्रथम शहिद कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिदिङवा गाउँपालिका, साब्लाखुले जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा सिदिङवाले सिरिजंघा गाउँपालिका, तेल्लोकलाई पेनाल्टी शुटआउटमा ६–५ ले हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सिदिङका लागि दुवै गोल बिबेक सुनामले गरे भने सिरिजंघाका लागि हब्बु लिम्बु र भाईचुङ शेर्पाले गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने सिदिङवा सफल बन्यो ।
विधागततर्फ सिदिङवाका बिपिन फोम्बो उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर सिरिजंघाका भाईचुङ शेर्पा बने । सर्वाधिक गोलकर्ता पनि सिरिजंघा कै सुमन गुरुङ चुनिदा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी सिदिङवाका बिबेक सुनाम घोषित भए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई