News
१५औं खुम्बु ल्होसार कप शुरु, पहिलो दिनको खेल बराबरीमा सकियो
काठमाडौं । महेन्द्र ज्योति एक्स स्टुडेन्टस फोरम, काठकाडौंको आयोजनामा शनिबारदेखि शुरु भएको १५औं खुम्बु ल्होसार कपमा उद्घाटन खेल बराबरीमा सकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा आयोजक महेन्द्र ज्योति एक्स स्टुडेन्टस फोरम र खुन्डे कम्युनिटी क्लबले १–१ गोलको बराबरी खेलदै अंक बाँडेका हुन् । खेलमा पासाङ शेर्पा म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २५ गते आइतबार तीन खेलहरु हुने आयोजकले जानकारी दियो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ८० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले नगद ४० हजार पाउनेछ । फाइनल खेल भने फागुन ३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न